मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध

bishowkhabar.com · Sun Oct 25 06:04:58 GMT 2026

काठमाडौं -वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् ।

एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ । सबैखाले टी–२० क्रिकेटमा १७८ खेल खेलेका एलेनले एक हजार ६३४ रन बनाउनुका साथै १०९ विकेट लिएका छन् । यस प्रारूपमा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ भने उनले १०६ छक्का प्रहार गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)