गृहमै फर्किए लामिछाने
ekantipur.com · Thu Mar 07 00:59:41 GMT 2024
काठमाडौँ — सत्ताबाट बाहिरिएको चार सय दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधान र गृहसहित ४ मन्त्रालय लिएर सरकारमा फर्किएको छ । यसअघि गृह, शिक्षा र श्रम मन्त्रालय पाएको यो दलले यसपालि युवा तथा खेलकुद मन्त्रालय पनि पाएको छ ।
गत वर्ष १० पुसमा उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएपछि उनका सबै सार्वजनिक पद खारेज भएका थिए । मन्त्री भएको ३३ दिन लामिछानेको पद खारेज भएपछि दलका सबै मन्त्री फिर्ता भएका थिए । वैशाखमा भएको उपनिर्वाचनमा चितवन–२ बाट पुनर्निर्वाचित उनी अहिले तीन जना सहयोगीसहित सरकारमा फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)