मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

निर्वाचनका दिन वेस्ट बैंकसँगका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

hamrakura.com · Sun Oct 25 00:00:00 GMT 2026

काठमाडौँ। इजरायलले आगामी अक्टोबर २७ मा हुने संसद् (क्नेसेट) निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सम्पूर्ण स्थल मार्गहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि उत्पन्न सुरक्षा सङ्कटलाई ध्यानमा राख्दै इजरायलले उक्त क्षेत्रमा सैन्य कारबाहीलाई व्यापक र तीव्र बनाएको छ।

इजरायली सेनाले हेब्रोन सहरमा प्रवेश गरी करिब दुई हजार प्यालेस्टिनी बासिन्दालाई विस्थापित गराएको भोलिपल्टै यो निर्णय सार्वजनिक गरिएको हो। रक्षामन्त्री इजरायल काट्जले हमाससँग सम्बन्धित सुरक्षा चुनौती र समस्याहरू पूर्ण रूपमा समाधान नभएसम्म विस्थापित बासिन्दाहरूलाई आ-आफ्नो घर फर्कन नदिइने स्पष्ट पारेका छन्।शुक्रबार प्यालेस्टिनी सहरनजिकैको एक सैनिक जाँच चौकीमा भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको ज्यान जानुका साथै अन्य तीन जना घाइते भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)