विदेशमा अलपत्र परेका नेपाली श्रमिकबारे सरकार के भन्छ?
livemandu.com · Sat May 23 17:53:13 UTC 2020
नेपालको जनशक्तिको ठूलो भाग अहिले स्वदेशमा होइन, विदेशमा कार्यरत छ। यो कुनै नौलो कुरा होइन, सबैलाई ज्ञात भएको कुरा हो। नेपालको अर्थतन्त्र विप्रेषण (Remittance )मुखी रहेको कुरा पनि पुरानै हो। नौलो कुरा के छ भने रोजगारका लागि विदेश पुगेका र अहिले कोभिड–१९ को महामारीले गर्दा अलपत्र परेका नेपाली श्रमिकहरूको स्थितिबारे सरकार पूर्णरूपमा उदासीन छ। विदेशमा उनीहरू कुन अवस्थामा छन् भन्ने कुरासम्म सरकारले जान्न खोजेको छैन । देशलाई ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सहयोग पुर्याउने एवं राष्ट्रिय आयमा उल्लेखनीय योगदान पुर्याउनेप्रति यो सरकार संवेदनशील हुन सकेको छैन। सरकार किन यसरी संवेदनहीन भएको होला?
नेपालका लाखौं परिवारको घर खर्च अहिले वैदेशिक रोजगारबाट प्राप्त आयले चलेको छ। अतिविपन्न परिवारका लागि आयको स्रोत पनि अहिले वैदेशिक रोजगार नै भएको छ। यसरी राष्ट्रिय अर्थतन्त्रलाई दरो गरी उभ्याउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रवासी नेपाली श्रमिकप्रति नेपाल सरकार किन यति संवेदनहीन भएको होला? चासो र चिन्ताको विषय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)