चिटिक्क पारिँदै सिंहदरबार
nepalnews.com · Sun May 17 08:00:30 GMT 2026

काठमाडौँ। गत २३ र २४ भदौको जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्वभागको पुनर्निर्माण सुरु गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको यो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, एसी जडान गर्ने काम भइरहेको छ। क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ अन्तर्गत क्षति भएका विभिन्न संरचनाको पुनर्निर्माण कार्य अहिले सुरु गरिसकेको छ।