सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह
gorkhapatraonline.com · Sun May 17 08:22:39 GMT 2026

निर्वाचन र राजनीतिक संक्रमण सम्बन्धी प्रमुख विवाद समाधान हुन नसकेपछि तीन दिनसम्म चलेको वार्ता निष्कर्षविहीन बनेपछि संयुक्त राष्ट्रसंघले सोमालियाका नेतालाई संवाद जारी राख्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघको सोमालिया संक्रमण सहायता मिसन (यूएनटीएमआईएस)ले दुवै पक्षले समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेकोमा स्वागत गर्दै आगामी चरणमा पनि वार्ता जारी राख्नुपर्ने बताएको छ । “सोमालिया संक्रमणकालीन चरणमा प्रवेश गर्दै गर्दा संघीय सरकारलाई सबै सरोकारवालासँग समन्वय गर्दै व्यावहारिक र एकीकृत निर्वाचन मोडेलमा सहमति निर्माण गर्न प्राथमिकता दिन हामी आग्रह गर्छौ,” यूएनटीएमआईएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)