चुनावको तीन दिनअघि नेतान्याहूविरुद्ध इजरायलमा विशाल प्रदर्शन
nagariknews.nagariknetwork.com · Sun Oct 25 06:26:28 GMT 2026

इजरायलमा मंगलबार हुने आम निर्वाचनको तीन दिनअघि शनिबार तेल अभिभमा हजारौं मानिसले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न सरकार र सुरक्षा निकाय असफल भएको घटनाबारे स्वतन्त्र राज्य अनुसन्धान आयोग गठन गर्न माग गरेका हुन्। तेल अभिभस्थित होस्टेज स्क्वायरमा भएको प्रदर्शनमा अक्टोबर ७ को आक्रमणमा आफन्त गुमाएका परिवार, पूर्वबन्धक तथा आक्रमणबाट बाँचेका व्यक्तिहरू सहभागी थिए। ‘अक्टोबर काउन्सिल’ले आयोजना गरेको प्रदर्शनमा विपक्षी दलका प्रमुख नेताहरू पनि उपस्थित थिए। आयोजकले प्रदर्शनमा एक लाखभन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)