मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

स्कुटर दुर्घटनामा एमाले नेतृ चौधरीको मृत्यु

ekantipur.com · Thu Oct 06 00:55:02 GMT 2022

रूपन्देही — नेकपा एमाले रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधईमा स्कुटर दुर्घटनामा परी उनको मृत्यु भएको हो । लु ४१ प ९८७ नम्बरको स्कुटरमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् ।

उपचारका लागि भीम अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरीकार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)