मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

ekantipur.com · Sun Feb 18 00:53:05 GMT 2024

धनुषा — जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् । उनले तेस्रो पटक आइतबार विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्दै आए पनि केन्द्रीय गठबन्धनका कारण प्रदेशमा पनि कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने भएका छन् । जसपाबाट मुख्यमन्त्री बनेका यादवले पद सम्हालेयता आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । उनले आफ्नो एकवर्षे कार्यकालमा उपलब्धिमूलक काम गर्न नसकेको आरोप छ । त्यही कारण अन्य दलले मुख्यमन्त्री फेर्नुपर्ने भन्दै केन्द्रमा लबिइङ गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)