मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

barnanmedia.com · Thu Dec 04 23:15:29 GMT 2025

बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उहाँले पक्की घरमात्र ठड्याएउनुभएका छैन, मासिक रु एक लाखसम्म कमाउने हैसियत बनाउनुभएको छ ।

सामान्य सङ्घर्ष मात्रले त्यो हैसियत बनेको होइन । बाल्यकालदेखि नै गरिबी, कमैया प्रथा र श्रमको बेडामा बाँधिनुभएका डगौराको सङ्घर्षमय यात्रा अहिले गाउँकै लागि प्रेरणादायी बनेको छ । उहाँ भन्नुहुन्छ, “दुःख त धेरै भोगियो, तर मिहिनेत गरेको मान्छेलाई ईश्वरले हात समाइदिँदोरहेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)