इनड्राइभ नेपालद्वारा ड्राइभर पार्टनरलाई सशक्त बनाउन ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक
kendrabindu.com · Wed Jul 01 13:46:09 GMT 2026

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सुरक्षित यात्रालाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ । मोबाइलमै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको यो संरचित तालिम कार्यक्रमले ड्राइभर पार्टनरहरूलाई सडकमा तथा प्रत्येक यात्रामा सुरक्षित रूपमा अघि बढ्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको छ ।
यो सेफ ड्राइभिङ अनलाइन कोर्स हाल सञ्चालनमा आइसकेको छ भने धेरै चालकहरूले कोर्स पूरा गरिसकेका छन् । अब यो कोर्स नेपालभरिका १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)