आईएमई जनरल इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (सोमवार, २३ चैत २०७७)
abhiyandaily.com
आइतबार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ३१३ पुगेको हो । यस दिन कम्पनीको शेयर २७ हजार ९२२ कित्ता शेयर खरिद बिक्री भएको छ ।
७ प्रतिशत बोनस शेयर वितरणपछि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेर साधारणसभामा प्रस्ताव लगेसँगै कम्पनीको शेयर मूल्य बढेको हो । हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ८ करोड १८ लाख रहेको छ । ७ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. १ अर्ब १५ करोड ७५ लाख ६४ हजार पुग्नेछ । कम्पनीले सोही पुँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)