वीरगन्जबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
ratopati.com · Sun May 17 08:30:26 GMT 2026

काठमाडौँ । प्रहरीले पर्साको वीरगन्जबाट खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय राहुल सिंह र बाराको सिमरा जितपुर उपमहानगरपालिका–७ घर भएका १९ वर्षीय नन्दन गुप्ता छन् ।
जेठ २ मा वीरगन्ज–३१ स्थित कटगेनवा सडक खण्डबाट पक्राउ परेका आरोपीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)