बन्यजन्तुको आक्रमणबाट बर्दियामा ११ जनाको ज्यान गयो
kendrabindu.com · Wed Jun 10 03:59:31 GMT 2026

बर्दिया । बर्दियामा गत साउनयता जेठ २६ गतेसम्म वन्यजन्तुको आक्रमणमा परी ११ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीबाट १ गरि ११ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सोही अवधिमा चितुवाबाट १३ र गैंडाबाट २ गरी १५ जना घाइते भएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बताए । ‘चालु आवको हालसम्म चितुवाको आक्रमणमा परी १७ र पाटे बाघको आक्रमणमा १ गरि १८ जना घाइते भएका छन्,’ उनले भने, ‘गत आर्थिक वर्ष ०८१/०८२ मा ४ जना चितुवा, एक गैंडा र एक जना हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।’ डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले ६ वटा समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)