मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गुट्खा थुक्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय पुरुषको मृ`त्यु

nagariknews.nagariknetwork.com · Sun Oct 25 07:29:11 GMT 2026

घरको तेस्रो तलाको कौसीमा उभिएर गुट्खा थुक्ने क्रममा ११ केभीको हाईटेन्सन विद्युत् तारको सम्पर्कमा आउँदा ६५ वर्षीय प्रभु लाल गुप्ताको मृत्यु भएको छ।

घटना भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लाको गंजबासोदामा शुक्रबार दिउँसो भएको हो। भारतीय सञ्चारमाध्यम का अनुसार गुप्ता कौसीमा उभिएका बेला गुट्खा थुक्ने क्रममा घरनजिकैबाट गएको हाईटेन्सन तारको सम्पर्कमा आएका थिए। करेन्ट लागेपछि उनी गम्भीर रूपमा जलेका थिए। घटनाबारे जानकारी पाएपछि डायल ११२ को टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)