‘सेप अफ मोमो’ लाई क्यानडामा उत्कृष्ट अभिनेत्री र निर्देशकको अवार्ड
kalakarmi.com · Sun Oct 25 07:19:07 GMT 2026

काठमाडौं- सिक्किमको सामाजिक परिवेश र जनजीवनलाई समेटेर निर्माण गरिएको नेपालीभाषी फिल्म ‘सेप अफ मोमो’ ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा थप सफलता हासिल गरेको छ।
क्यानडामा आयोजित ‘इन्टरनेसनल फिल्म फेस्टिभल अफ साउथ एसिया’ (आईएफएफएसए) टोरन्टो २०२६ मा फिल्मले उत्कृष्ट अभिनेत्री र उत्कृष्ट निर्देशक गरी दुई महत्वपूर्ण अवार्ड जितेको हो। अक्टोबर ८ देखि १८ सम्म सञ्चालन भएको महोत्सवमा फिल्मकी मुख्य अभिनेत्री गौमाया गुरुङले ‘उत्कृष्ट अभिनेत्री’ र निर्देशक त्रिवेणी राईले ‘उत्कृष्ट निर्देशक’को अवार्ड प्राप्त गरेका हुन्। यस उपलब्धिले अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा ‘सेप अफ मोमो’ को उपस्थितिलाई थप बलियो बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)