‘अंकमाल’ बारे रास्वपाका दुई नेताको संयुक्त प्रष्टीकरण–हामी दिदीभाई हौँ
nepalpress.com · Wed Jun 10 03:58:40 GMT 2026

रुपन्देही । अर्घाखाँचीमा दुई दिनअघि रास्वपाको जिल्ला अधिवेशनमा सभापतिमा विजयी सीता पराजुलीले प्रतिस्पर्धी दिनेश सुनारलाई निर्वाचन परिणामपछि अंकमाल गरेको विषयलाई सामाजिक सन्जालमा गलत अर्थ लगाइएपछि उनीहरु दुवैले त्यसको खण्डन गर्दै प्रष्टिकरण दिएका छन् । निर्वाचनको परिणामपछि पराजुलीले पार्टी स्थापनाको सुरुवाती चरणबाटै काम गरेका सुनारलाई निरास हुन नदिन यसो गरिएको तर केही सामाजिक सन्जालबाट त्यसलाई गलत अर्थ लगाइएको भन्दै आपत्ति जनाएकी छन् ।
पराजुलीले भनेकी छन्, ‘नतिजापछि दिनेश भाईलाई भावुक देखेँ, हामी दिदीभाई नै रहे पनि नेतृत्वका लागि खुलेर प्रतिस्पर्धामा गएका थियौं, म भाईको साथमा छु, तपाईसँग समन्वय गरेर काम गर्नेछु, नेतृत्व प्राविधिक विषय हो भनेर उहाँको सम्मान गरेको हो, तर केही गलत स्वार्थ र सोच भएकाहरुले यसैलाई गलत अर्थ लगाउन केही भिडियो इडिट नै गरेर दुस्प्रचारको प्रयास गरे, पहिलो चरणमा हामी दुवैले त्यसको कडा निन्दा गरेका छौं, र उनीहरुविरुद्ध साइबरमा जान पनि बाध्य हुनेछौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)