मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाजरकोटमा एमालेलाई शून्यमा झार्ने गठबन्धनको लक्ष्य !

ratopati.com

पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको गृह जिल्ला जाजरकोटमा स्थानीय तहको निर्वाचनलाई लिएर दलहरु आन्तरिक लेखाजोखामा छन् । सत्ता गठबन्धन संयन्त्रले आसन्न स्थानीय तहको चुनावमा आपसमा तालमेल गरेर जाने निर्णय गरिसकेको छ भने एमालेले पनि उम्मेदवारको टुङ्गो लगाउने काम अगाडि बढाएको छ ।

विशेषगरी प्रमुख राजनीतिक दलहरु नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको यस जिल्लामा ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो बनेको थियो । जिल्लाका ७ वटा स्थानीय तहमध्ये ३ पालिकाको प्रमुख/उपप्रमुख र २९ वटा वडामा एमालेले जितेको थियो भने काँग्रेसले २ पालिकामा प्रमुख र ३ मा उपप्रमुखसहित २५ वडा तहमा जितेको थियो । माओवादीले भने २ पालिकामा प्रमुख र ३ मा उपप्रमुख सहित २३ वडा तहमा जितेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)