मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गुट्खा खाएर थुक्दा करेन्ट लागेर मृत्यु

kendrabindu.com · Sun Oct 25 07:43:15 GMT 2026

काठमाडाैं । भारतको मध्यप्रदेशस्थित विदिशा जिल्लाको गञ्जबासोदामा तेस्रो तलाको बाल्कोनीबाट गुट्खा थुक्ने क्रममा ११ हजार भोल्टको हाइटेन्सन तारको सम्पर्कमा आएपछि ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब १ बजे गायत्री नगरस्थित भाडाको घरको बाल्कोनीमा उभिएका प्रभुलाल गुप्ताको थुक माथिबाट गएको विद्युत् तारको सम्पर्कमा पुगेको स्थानीय बासिन्दाले बताएका छन् । त्यसपछि उनी गम्भीर रूपमा जलेका थिए । गुप्ता पेसाले मिस्त्री थिए । उनी मूलतः मध्यप्रदेशकै छतरपुरका बासिन्दा हुन् र विगत १० वर्षदेखि उक्त घरमा भाडामा बस्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)