जसपाको देशव्यापी विरोध प्रदर्शन
ekantipur.com · Wed Dec 23 17:16:59 UTC 2020
काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले बुधबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । जसपाको प्रभाव क्षेत्र मानिने तराई–मधेसमा ठूलो संख्यामा नेता–कार्यकर्ताहरू सडकमा उत्रिएका थिए ।
राजधानीमा समेत गरिएको प्रदर्शनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको थियो । जसपाले मंगलबार थप संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । यसअनुसार पुस १०, ११ र १२ मा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहनदेखि मसाल जुलुस निकाल्नेसम्मका कार्यक्रम छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)