मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विराट दरबार क्षेत्रमा प्राचीन बस्ती

lokaantar.com · Thu Jan 20 00:32:59 GMT 2022

विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ ।

विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती क्षेत्रमा रहेको भेडियारीमा पुरातत्त्व विभागको टोलीले एक हप्तादेखि अनुसन्धान गरिरहेको छ । दरबार क्षेत्र रहेको विश्वास गरिएको ठाउँलाई मुख्य क्षेत्र मानेर गरिएको उत्खननबाट प्राचीन बस्ती दक्षिण र पश्चिमतर्फ फैलिएको पाइएको हो । पुरातत्त्व विभागका पाँच जनाको टोलीले पुस २७ गतेदेखि उत्खनन गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)