गेलको आगमनमा बैंग्लोरविरुद्ध पञ्जाबको जित
nepallive.com · Thu Oct 15 17:53:00 UTC 2020
काठमाडौं- किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई आठ विकेटले पराजित गरेको हो।
१७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित ६१ रन बनाए। उनले ४९ बलमा पाँच छक्का र एक चौका प्रहार गरे। त्यस्तै, जारी सिजनमा पहिलो पटक खेलेका क्रिस गेलले शानदार प्रदर्शन गरे। उनले जारी सिजनको आफ्नो पहिलो खेलमा नै अर्धशतक बनाए। रन आउट हुनुअघि गेलले ४५ बलमा पाँच छक्का र एक चौका प्रहार गर्दै ५३ रन बनाए। यसअघिका सात खेलमा गेल स्वास्थ्य समस्याको कारण प्लेइङ सेट बाहिर थिए। गेलको अभावमा पञ्जाबले नराम्रो हार ब्यहोरिरहेको थियो। गेल आएसँगै पञ्जाबले पुनरागमन जित निकालेको छ। त्यस्तै, मयंक अग्रवालले ४५ रन बनाए। बलिङतर्फ बैंग्लोरका युजभेन्द्र चाहालले एक विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)