सोनाम ल्होसारले बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति
annapurnapost.com · Wed Feb 02 06:40:00 GMT 2022
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्। तामाङ समुदायको महान् पर्व सोनम ल्होसारका अवसरमा शुभकामना दिँदै उनले आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्भाबव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’सन्देशमा भनिएको छ,‘सोनम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)