मलेसियन गाडी प्रोटोन भित्र्याउने तयारी
baahrakhari.com · Sat Nov 14 17:45:00 UTC 2020
काठमाडौं । मलेसिययन कम्पनी प्रोटोनका गाडी औपचारिक रुपमा नेपामला भित्र्याउन तयारी गरिको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ भने काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम सञ्चालनको अवस्थामा रहेको छ ।
जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ । हाल फेस्टिभल सिजन भएको र यस पश्चात छिट्टै नै सोरुम शुभारम्भ हुने कम्पनीले जनाएको छ । प्रोटोनले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास कम्पनीको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)