मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले र जसपाबीच सत्ता समीकरणको सम्भावना

annapurnapost.com · Wed Mar 31 06:08:00 GMT 2021

काठमाडौं : नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा)बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको छ । सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको छ । जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सकारात्मक देखिएको छ ।

जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गर्ने विषयमा सरकारले चालेका कदमप्रति तुलनात्मक रूपमा विश्वस्त रहेको बताए । ‘प्रचण्डजीहरू आइज आइज भन्नुहुन्छ, केही गर्नुहुन्न, न कि पहिला पनि प्रचण्ड सबै माग पूरा गर्छु भन्नुहुन्थ्यो । तर सत्ता हुँदा पनि केही गर्नुभएन’, अध्यक्ष ठाकुरले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा भने, ‘ओली त जति गर्न सक्छु गर्छु भन्नुहुन्छ । म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कुरामा विश्वास गर्ने आधार नभएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)