मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आन्द्रे रसेल एनपीएल खेल्न नेपाल आइपुगे

ratopati.com · Sun Oct 25 08:40:54 GMT 2026

काठमाडौँ । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् । उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनले यस सिजन विराटनगर किङ्सबाट खेल्नेछन् ।

विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र प्रभावशाली बलिङका लागि परिचित रसेललाई विराटनगर किङ्सले अनुबन्ध गरेको हो । टोलीले यसअघि नै सामाजिक सञ्जालमार्फत रसेललाई स्वागत गर्दै उनी एनपीएल खेल्न आउने जानकारी दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)