माओवादी केन्द्र भक्तपुरले बास्तोला नेतृत्वको अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिलाई दियो आधिकारिकता
shilapatra.com · Fri Mar 15 16:38:00 GMT 2024
माओवादी केन्द्र जिल्ला समन्वय समिति भक्तपुरले चन्द्रकला बास्तोला नेतृत्वको सानोठिमी क्याम्पस अखिल (क्रान्तिकारी) समिति आधिकारिक भएको जनाएको छ । फागुन २९ र ३० गते भएको समितिको १६ औं सम्मेलनले बास्तोला नेतृत्वको ५१ सदस्यीय समिति गठन गरेको छ ।
नेकपा माओवादी केन्द्र भक्तपुर जिल्ला इन्चार्ज दिलिपकुमार प्रजापति, संयोजक सुनिल गोथे, अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष तुकमान महरा, नारायण खनाल, सचिव रमेश खड्का, पार्वती शर्मा, भक्तपुर जिल्ला इन्चार्ज प्रकाश केसी, स्ववियु अध्यक्ष रेशमलाल श्रेष्ठ लगायतको उपस्थितिमा उक्त समिति गठन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)