मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रसारणलाइन निर्माणमा निजी लगानी

baahrakhari.com · Sun Oct 25 08:58:08 GMT 2026

आफैँले आह्वान गरेको आशयपत्रमा पनि निर्णय गर्न महिनौ अलमल गरेर सरकारले नियतमै शङ्का गर्नुपर्ने वातावरण बनाएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने निर्णय कार्यान्वयन गर्न आशयपत्र माग्दा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको थियो ।

प्राधिकरणको आह्वानमा १८ वटा कम्पनीले आशयपत्र पेस गरेको ४ महिनासम्म पनि प्रारम्भिक निर्णयसम्म नहुँदा भने निजी क्षेत्रका इच्छुक लगानीकर्ता निराश र असन्तुष्ट भएका छन् । यतिमात्र होइन निर्णयमा भएको अनपेक्षित विलम्बका कारण चलखेल र अनियमितताको सन्देह पनि बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)