चीनसँग के सम्झौता हुनसक्छ ?
annapurnapost.com · Sat Mar 26 00:59:00 GMT 2022
काठमाडौं : चिनियाँ विदेश मन्त्री वाङ यी जम्बो टोलीसहित तीनदिने भ्रमणका लागि नेपाल आएका छन्। दक्षिण एसियाली मुलुकको भ्रमणमा निस्किएका वाङ भारतको राजधानी नयाँ दिल्लीबाट डियर एयरलायन्सको विमानबाट शुक्रबार अपराह्न काठमाडौं अवतरण गरेका हुन्।
विदेश मन्त्री वाङलाई परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालयका चीन महाशाखा प्रमुख लोकबहादुर थापालगायतले स्वागत गरे। भेटघाट नभएकाले शुक्रबार उनी होटलमै बसेका छन्। एमसीसी अनुमोदनपछि नेपालको चीनप्रति दृष्टिकोण बुझ्न राष्ट्रपति सी जिङपिङले दूतको रूपमा वाङ यीलाई नेपाल पठाएको स्रोत बताउँछ। चीनको बहुआयामिक बीआरआई परियोजनालाई
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)