दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको निधन
ratopati.com · Sun Jul 16 23:00:00 GMT 2023
दोलखा । दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । तामाङको आइतबार दिउँसो हृदयघातका कारण निधन भएको हो ।
उपाध्यक्ष तामाङलाई काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)