मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कांग्रेस ८९ क्षेत्रमा चुनाव लड्दै

newsofnepal.com · Mon Oct 10 00:43:56 GMT 2022

काठमाडौं । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसले प्रतिनिधिसभाका ८९ सिटमा उम्मेदवारी दिएको हो । कांग्रेसबाहेक सत्तागठबन्धनमा आबद्ध माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले ७६ सिटमा आफ्नो उम्मेदवार उठाएको छ ।

गठबन्धनभित्र सामेल दलहरूको लामो कसरतपछि आइतबार बिहानसम्म लगाएर सिट बाँडफाँटको टुंगो लगाइएको हो । जसअनुसार कांग्रेसले प्रदेश १ मा १९, मधेसमा १५, बागमतीमा १८, गण्डकीमा १०, लुम्बिनीमा १४, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशका ९ निर्वाचन क्षेत्रबाट मात्रै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार उठाएको हो । त्यस्तै, नेकपा माओवादीले ४७ मा, नेकपा एकीकृत समाजवादीले १९ र लोसपाले ८ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ भने राजमोले २ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)