मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘वाफमा जित यात्रा जारी राख्नुपर्छ’

ekantipur.com · Mon Feb 26 01:11:02 GMT 2024

काठमाडौँ — वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरिरहेकी प्रीति राईले टिमको उद्देश्य जितको यात्रालाई जारी राख्ने बताएकी छन् । साउदी अरेबियाको जेद्दामा भइरहेको प्रतियोगिताको शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ । त्यसमा नेपालले लेवनानको सामना गर्ने भएको छ ।

अर्को सेमिफाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको भेट प्यालेस्टाइनसँग हुनेछ । प्रतियोगिताको समूह ‘बी’ को अन्तिम लिग खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराएर समूहको शीर्षस्थानमा रह्यो । नेपालको तीन खेलबाट ९ अंक भएको छ । प्यालेस्टाइन भने समूह उपविजेता रह्यो । ‘हामीले लगातार तीन जित निकालेका छौं र यो लयलाई अन्त्यसम्म कायम राख्नुपर्छ,’ प्रीतिले खेलपछिको अन्तर्वार्तामा भनेकी छन्, ‘जति पनि गोल भए, सबै टिमले बनाएको गोल रह्यो । यो निकै राम्रो प्रदर्शन हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)