आजपाको मधेस प्रदेश कमिटी पुनर्गठन
rajdhanidaily.com · Sun May 17 08:43:05 GMT 2026

काठमाडौं । आम जनता पार्टी (आजपा)को मधेस प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा २ सय २५ सदस्यीय कमिटी गठन भएको आजपाले जनाएको छ ।
मधेस प्रदेश कमिटीको इन्चार्जमा त्रिभुवन साह ‘अमर’लाई जिम्मेवारी तोकिएको छ । कमिटीको अध्यक्षमा उमेश कुशवाहा, उपाध्यक्षमा बिनोद चौधरी, रेहाना खातुन, रामसागर महासेठ, ईमदाद गद्धी, सचिवमा श्रीभगवान पटेल, सहसचिवमा कामेश्वर साह, शिवनाथ रौनियार, कोषाध्यक्षमा दिलिप साह र कार्यालय सचिवमा उपेन्द्र जयसवाल रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)