मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्याउली खोलाको मोटरेबल पुल उदघाट्न

gorkhapatraonline.com · Sun May 17 08:41:21 GMT 2026

उत्तरी गोरखाको आरुघाट–माछीखोला–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका –७ न्याउली खोलामा निर्माण सम्पन्न मोटरेबल पुल उदघाटन गरिएको छ ।

गण्डकी प्रदेश भौतिक पूर्बाधार मन्त्रालयअन्तर्गत बिनियोजित बजेटबाट पूर्बाधार बिकास कार्यालय गोरखामार्फत उत्तरी गोरखा जोड्ने मुख्यस्थल न्याउली खोलामा पुलको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले आइतबार बिहान ८ बजे एक कार्यक्रमबिच उदघाटन गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)