बैतडीमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प
annapurnapost.com · Sun Oct 25 09:30:05 GMT 2026

काठमाडौं : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडीसहित सुदूर पहाडमा भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)