पुर्वी नवलपरासीमा दुई दिनमा ३ सय ८० जनाले खोप लगाए
hamrakura.com · Thu Jan 28 17:55:00 UTC 2021
कावासोती । पुर्वी नवलपरासीमा दुई दिनमा ३ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएका छ्न् ।मध्यविन्दु जिल्ला अस्पतालमा बुधबार देखि सुरु भएको खोप अभियानमा बुधबार १२९ महिला र ७१ पुरुष गरि २ सय जना र बिहीबार १ सय ३६ महिला र ४४ पुरुष गरेर १८० जनाला खोप लगाएईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले बताए ।
चापागाईंका अनुसार कावासोती, देवचुली, हुप्सेकोट, गैंडाकोट, देवचुली र विनयी त्रिवेणी का महिला स्वयंसेविका र स्वास्थ्यकर्मीलाई खोप लगाई सकिएको छ । शुक्रबार बौदीकाली र बुलिङ्गटार गाउँपालिकाका महिला स्वयंसेविका ,स्वास्थ्यकर्मी र स्थानीय तहले सिफारिस गरि पठाएका एम्बुलेन्स चालक र सरसफाइ कर्मीलाई खोप लगाइने चापागाईंले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)