‘मत बचाऊ, देश बचाऊ’ नारासहित नोभेम्बर १ मा दिल्लीमा विपक्षीको विशाल र्याली
barnanmedia.com · Sun Oct 25 09:36:32 GMT 2026

भारतीय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले नोभेम्बर १ मा दिल्लीमा आयोजना हुने विरोध र्यालीको प्रचारप्रसार गरेको भन्दै सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र उसका सहयोगी दललाई व्यङ्ग्यात्मक रूपमा धन्यवाद दिएका छन्।
मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै विपक्षी गठबन्धन ‘इन्डिया’ ले नयाँदिल्लीको रामलीला मैदानमा ‘मत बचाऊ, देश बचाऊ’ नारासहित विशाल र्याली आयोजना गर्दैछ। राहुलले आइतबार सामाजिक सञ्जाल एक्समार्फत विद्यार्थी, किसान, मजदुर, महिला, युवा तथा व्यापारीसहित लोकतन्त्रप्रति चासो राख्ने सबैलाई र्यालीमा सहभागी हुन आह्वान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)