हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, चालक घाइते
kendrabindu.com · Sun Oct 25 09:59:28 GMT 2026

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिका २४ वर्षीय सुकराम लोप्चनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक प्रकाश थापा घाइते भएका थिए। उनको हेटौंडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)