मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दुर्घटनामा एकको मृत्यु

gorkhapatraonline.com · Sun Oct 25 10:07:23 GMT 2026

उदयपुरको त्रियुगा नगरपालिका –११ संगम टोलस्थित इनार चोकमा स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

गाईघाटको पिपलचोकतर्फ आउँदैगरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदलयात्री स्थानीय अन्दाजी ५२ वर्षका रामबहादुर कार्कीलाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते भई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको थियो । उपचारको क्रममा शनिवार राति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)