मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

barnanmedia.com · Sat Apr 26 22:38:22 GMT 2025

काठमाडौँ, १४ वैशाख : पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण सुुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण सुरु भएको हो ।

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार विगत तीन महिनादेखि पुल निर्माण सुरु गरिएको हो । असी मिटर लामो उक्त पुलको चौडाइ ११ मिटर हुने भएको छ । डबल स्पानको उक्त पुल सामान्य पुलभन्दा लामो भएकाले दुईवटा स्पान बनाएर निर्माण गर्न थालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)