सुनवल अस्पतालमा आकस्मिक कक्ष भवन बन्ने
gorkhapatraonline.com · Wed Jun 10 04:18:02 GMT 2026

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका र सर्वोत्तम सिमेन्ट लिमिटेडबिच सुनवल नगर अस्पतालमा ‘सर्वोत्तम सिमेन्ट आकस्मिक कक्ष भवन’ निर्माण गर्ने सम्झौता भएको छ।
सुनवल नगरपालिका–५ बनकट्टीस्थित नगर अस्पताल परिसरभित्र निर्माण हुने उक्त भवन अत्याधुनिक, तीनतले, बालमैत्री, अपाङ्गमैत्री तथा लिफ्टसहितको हुने नगरपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)