बाघ धपाउन हात्ती परिचालन
hamrakura.com · Sun Oct 25 00:00:00 GMT 2026

काठमाडौँ । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा बस्ती नजिकै लगातार पाटेबाघ देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघलाई जङ्गलतर्फ धपाउन हात्ती परिचालन गरेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीका अनुसार विगत चार/पाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिन थालेपछि अनुगमनका लागि क्यामेरा जडान गरिएको थियो। गएराति पनि क्यामेरामा बाघ देखिएपछि शुक्लाफाँटा पोष्टबाट दुई वटा हात्ती परिचालन गरी बस्ती छेउबाट निकुञ्जको जङ्गलतर्फ धपाउने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)