मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अर्थतन्त्र ध्वस्तै भइसकेको श्रीलंकामा कार व्यवसायी भने मालामाल, तर कसरी ?

baahrakhari.com · Thu Jan 27 17:10:00 GMT 2022

कोलम्बो । श्रीलंकाका सुपर मार्केटहरू खाली छन् । रेस्टुरेन्टहरूले खाना सर्भ गर्न सकिरहेका छैनन् । तर, चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा कार डिलरहरूका लागि भने बरदान सावित भइरहेको छ । सवारी साधनको अभावका कारण कारको मूल्य अहिले कुनै दामी स्थानको घर भन्दा महँगो हुन थालेको छ ।

करिब २ करोड २० लाख जनसंख्या रहेको दक्षिण एसियाली टापु श्रीलंका अहिले झण्डै टाट पल्टेको अवस्थामा पुगेको छ । मुद्रा अवमूल्यनले खतराको रातो सूची नाघिसकेको छ । त्यसैले सरकारले खाद्यान्न, औषधि र इन्धन जस्ता अत्यावश्यक वस्तुहरू खरिदका लागि अमेरिकी डलर जोगाउन अन्य अनावश्यक वस्तुहरूको आयातमाथि रोक लगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)