मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्ट ह्यामको शीर्ष चारको सम्भावना समाप्त

ekantipur.com · Sun May 16 01:07:07 GMT 2021

लन्डन — इंग्लिस प्रिमियर लिगमा शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने वेस्ट ह्यामको सम्भावना शनिबार लगभग समाप्त भएको छ । ब्राइटनविरुद्धको खेलमा १–१ को बराबरीमा चित्त बुझाएपछि यो स्थिति तयार भएको हो ।

वेस्ट ह्याम चौथो स्थानमा रहेको चेल्सीभन्दा पाँच अंकले पछाडि छ । उसले अब दुई चरणका खेल खेल्न मात्र बाँकी छ । यो नतिजापछि वेस्ट ह्याम छैटौं स्थानमा छ । उसभन्दा माथि लिभरपुल रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)