सामाजिक सञ्जाल सूचीकृत गर्न अन्तिम अल्टिमेटम
rajdhanidaily.com · Sat Apr 26 23:05:31 GMT 2025
काठमाडौं । सरकारले नेपालमा सूचीकरण हुन आउन आफूले गरेको अनुरोध सामाजिक सञ्जालहरूले अटेर गरिरहेका छन् । सरकाले मेटालगायतका सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन आउनका लागि चौथोपटक अन्तिम अल्टिमेटम दिएको छ । तर, सरकारको अल्टिमेटम सामाजिक सञ्जालले बेवास्ता गरिदिएका छन् ।
फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्ससहित धेरै सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालको कानुनअनुसार अझै दर्ता हुन नआएपछि पछिल्लो एक महिनाको समय अवधि गत ७ वैशाखमा सकिएपछि पुनः सात दिनभित्र दर्ता नभए नेपालमा प्रतिबन्ध गर्ने चेतावनी दिएको छ । यो चौथोपटकको अन्तिम अल्टिमेटम हो । सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलगायतलाई दिएको अल्टिमेटम दोस्रोपटक हो । यसअघि पनि सूचना तथा सञ्चार मन्त्रालयले पटक–पटक नेपालमा दर्ता हुन आह्वान गरेको थियो । सरकारले पटकपटक अन्तिम अल्टिमेटम भनेर दिए पनि दर्ता हुन भने कोही पनि आइरहेका छैनन् । सात दिनको अल्टिमेटम पूरा भएपछि पनि पुनः सूचना जारी हुनसक्ने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)