अब हिमाली जिल्लामा पनि औलो सङ्क्रमण
barnanmedia.com · Sat Apr 26 23:01:25 GMT 2025

हिमाली जिल्लामा पनि औलो रोगको सङ्क्रमण देखिन थालेको छ। हालसम्म सडक सञ्जालमा नजोडिएको दुर्गम जिल्ला हुम्लामा औलोको सङ्क्रमण देखिएको हो।
कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औलो रोग दिवसका अवसरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार हुम्ला अदानचुलीको ताजाकोट गाउँपालिकामा दुई जनामा औलो सङ्क्रमण देखिएको हो। विगतमा तराई तथा भित्री मधेसमा देखिने औलो रोग हिमालसम्म फैलिएपछि सरोकार भएकाहरू झस्किएका छन्। हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)