मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तकोशीमा डुंगा पल्टिँदा तीनको मृत्यु, दुई जना सम्पर्कविहीन

nepalnews.com · Sun Oct 25 10:56:53 GMT 2026

विराटनगर। अरुण र दूधकोशी नदीको संगमस्थलमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना सम्पर्कविहीन भएका छन्। दुर्घटनामा परेका १० जनाको उद्धार गरिएको छ।

प्रहरीका अनुसार इन्जिन बन्द भएपछि अनियन्त्रित भई बगिरहेको डुंगा संगमस्थलमा पुगेपछि पल्टिएको हो। दुर्घटना हुँदा डुंगामा १६ जना सवार थिए। इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार उद्धार गरिएका १० जनामध्ये तीन जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)