सप्तकोशीमा जेटबोट दुर्घटना : बालिकासहित तीन जनाको मृत्यु
kendrabindu.com · Sun Oct 25 10:57:35 GMT 2026

काठमाडौं । सप्तकोशी नदीमा भोजपुरबाट चतरातर्फ आउँदै गरेको यात्रुबाहक जेटबोट दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ।
धनकुटाका प्रहरी प्रमुख नारायण रञ्जितकारका अनुसार अरुण र दूधकोसीको सङ्गमस्थल त्रिवेणी क्षेत्रनजिक जेटबोटको इन्जिन अचानक फेल भएको थियो। इन्जिन फेल भएपछि जेटबोट अनियन्त्रित भई नदीमा बग्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको छ। उनीहरूको औपचारिक पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)