जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
onlinekhabar.com · Sun Oct 25 10:51:29 GMT 2026

८ कात्तिक, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् ।
४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशवसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)