रेसुङ्गा नगरपालिकाले दियो ९६ विद्यार्थीलाई १६/१६ हजार अनुदान
shilapatra.com · Fri Mar 10 17:40:00 GMT 2023
गुल्मीको रेसुङ्गा नगरपालिकाले २०७९ को एसईई परीक्षामा उत्कृष्ट नम्बर लिएर नगरपालिका भित्रका विद्यालयमा पढ्ने ९६ विद्यार्थीलाई १६/१६ हजार अनुदान रकम उपलब्ध गराएको छ। नगरपालिका भित्रका विद्यालयमा विद्यार्थी पढाउन तथा जेहनदार विद्यार्थीलाई प्रोत्साहन गर्न भन्दै कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय अनुसार पहिलो किस्ताको रकम शुक्रबार उपलब्ध गराइएको मेयर खिलध्वज पन्थीले जानकारी गराए।
नगरपालिकाले एसईई परीक्षामा ३.२ जिपिएभन्दा माथिको अंक ल्याई उत्तीर्ण हुने र नगरपालिकाभित्र नै पढ्ने विद्यार्थीलाई मासिक ४ हजारका दरले छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको थियो। जसवापत शुक्रबार पहिलो चार महिनाको १६ हजार छात्रवृत्ति उपलब्ध गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)